८ मंसिर २०८० १०:५६
८ मंसिर २०८० १०:५६
काठमाडौँ, ८ मङ्सिर । नेपाल सुपर लिग आजबाट सुरु हुदैँछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ । जस अन्तर्गत कुल ४० खेल हुनेछन् । आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुने सामुने हुनेछन् । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेश टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।