६ आश्विन २०८० ११:५८
६ आश्विन २०८० ११:५८
काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हुनु भएको छ । लामो समयदेखि मुटु , पायल्स र प्रोस्टेट रोगबाट पिडित वहाँ विगत १६ दिनदेखि टीचिगमा भर्ना भएर उपचार गराई रहनुभएको छ । नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख छ । वि.सं.१९९६ सालमा प्युठानको तिघ्रामा जन्मीनु भएका नेता आचार्य कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आउनु भयो । बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत निर्वाचित हुनु भएको थियो । भूमिगत कालमा वहाँ, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर…