Naya Update

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम जाँदै, यस्तो छ भ्रमण कार्य तालिका

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम जाँदै, यस्तो छ भ्रमण कार्य तालिका

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम जाँदै, यस्तो छ भ्रमण कार्य तालिका

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जान लागेका हुन । आजको सुदूरपश्चिम कार्य तालिका अनुसार प्रधानमन्त्री धनगढीबाट सिँधै लम्की प्रस्थान गर्ने छन्। लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष  महेश बडूवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अपराह्न १२ देखि १ बजेको बिचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन्। आज नै ५ः३० बजे श्री एयरलाइन्सको उडानबाटै काठमाडौँ फिर्ता हुने कार्य तालिका रहेको…
Read More
आज देखी पेट्रोल ११ तथा डिजेल ५ रुपैयाँ सस्तोमा पाइने

आज देखी पेट्रोल ११ तथा डिजेल ५ रुपैयाँ सस्तोमा पाइने

काठमाडौँ, २९ असोज । आज देखी घटेको मूल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ । नेपाल आयल निगमले गए राती १२ बजे देखी पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सस्तोमा पाउन लागिएको हो । आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।
Read More
संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’

संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’

बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि  ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे । चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन्…
Read More
बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

  विशाल बस्नेत महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे । त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो । हुन त  हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा…
Read More
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् । वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरूले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । गठबन्धन भत्काउने प्रयास कोसी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उनले भने, ‘कोसी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एक थरी मान्छे विक्षिप्त भएर यहाँ खेलेर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’
Read More
हनुमान ढोकाको दसैँ घरमा राखियो जमरा

हनुमान ढोकाको दसैँ घरमा राखियो जमरा

काठमाडौँ, २८ असोज । काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोकाको दसैँ घरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभ साइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मङ्गल धुन बजाएका थिए । साथै  बन्दुक पड्काएर बढार्इं पनि गरिएको छ । नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ…
Read More
यस वर्ष १० वटा विमान किन्छौँ : मन्त्री किराँती

यस वर्ष १० वटा विमान किन्छौँ : मन्त्री किराँती

  काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यस वर्ष १०वटा विमान खरिद गर्ने बताएका छन् । आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै उनले  चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् । नेपाल वायुसेवा निगमको विमान थपेर भाडदारमा देखिएको विसङ्गति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दसैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
Read More
‘प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन्’

‘प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन्’

काठमाडौँ, आश्विन २८  । इजरायल र प्यालेष्टाइनबीचको युद्ध चलिरहँदा नेपालमा पनि विभिन्न प्रकारले टीकाटिप्पणीहरू हुने गरेका छन् । यसै सन्दर्भमा पत्रकार विजय कुमार पाण्डे ट्विट गर्दै लेख्छन्, 'इजरायलसँग राज्यका रूपमा रहने अधिकार छ । त्यसै गरी, प्लालेस्टिनीहरु सँग पनि राज्यको रूपमा रहने अधिकार छ । इजराइलीहरुले आफ्नो अस्तित्व रक्षाको ग्यारेन्टी पाएको छन् । प्लेस्टानीहरुलाई उनीहरूको अस्तित्व रक्षाको ग्यारेन्टी कसले दिनेछ? यो संसारमा धेरै किसिमका अन्यायहरू छन् । प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन् । यो क्रम , अब जारी रहन सक्दैन । समस्याको समाधान - दुई राज्यको अवधारणा ( Two State Policy ) हो , जहाँ प्लेस्टाइनीहरुको पनि…
Read More
गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

काठमाडौँ, २७ असोज । बागलुङको गलकोट नगरपालिका-४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ। गए राति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागी भएको ठाउँमा पछि हेर्दा गोठ धनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगलागी हुँदा गोठ क्षति हुनुका साथै झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
Read More
कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

विराटनगर, २७ असोज । कोसीमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि काँग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोसी काँग्रेसका संसदीय दलका नेताले राजीनामा दिएका छन् । नेपाली काँग्रेस कोसी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवै पटक बर्खास्त गरेको थियो । सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ । प्रदेश सरकार निर्माणको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search