Naya Update

जाजरकोट, खलङ्गा तस्बिर/ गणेश चन्दको फेसबुकबाट

चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

नेपाल–चीन संयुक्त वक्तव्यमा नेपालको नक्साबारे कुरा नउठाइएकोमा नेकपा(मसाल)ले गम्भीर आलोचना गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले त्यस प्रकारको आलोचना गर्दै बिहीबार एक वक्तव्य जारी गर्नुभएको छ वक्तव्यको पाठ यस प्रकार छ – प्रेसवक्तव्यको पूर्ण पाठ : “प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्य प्रकाशित भएको छ । त्यो वक्तव्यका सन्दर्भमा सर्वप्रथम हामीले दुई ओटा कुरा उल्लेख गर्न चाहन्छौँ : प्रथम– त्यो वक्तव्यमा चीनको नयाँ प्रकाशित नक्सामा नेपालको भूमिलाई भारतमा देखाइएकोबारे नेपालले त्यसबारे कुरा उठाएको कुनै कुराको उल्लेख गरिएको छैन । प्रधानमन्त्री चीनमा जानुभन्दा पहिले हाम्रो पार्टीले जारी गरेको वक्तव्यमा पनि त्यो प्रश्नमा नेपालका प्रधानमन्त्रीले कुरा उठाउने सम्भावना…
Read More
‘फुटपाथ तथा बाटोमा व्यापार गर्नु गैर कानुनी हो’

‘फुटपाथ तथा बाटोमा व्यापार गर्नु गैर कानुनी हो’

सामाजिक सञ्जालमा बालेनले ई लाई लामो पत्र यसरी सार्वजनिक गरेका छन् । प्रिय ई,  हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईँले उठाएका मागहरूलाई तपाई परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईँले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुवै जना वार्ता बसौँ न भन्दा पनि मान्नु भएन । ठिकै छ, तपाईँको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम् राख्ने कुरा हुन्न ।…
Read More
विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा  ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ ।   मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् । इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा…
Read More
‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

काठमाडौँ । सडकमा उभिएको सात दिन भइसक्यो । खुट्टा पाक्ला पाक्ला जस्तो भइरहेको छ । दिनमा १८ घण्टा उभिने र ६ घण्टा कुर्सीमै सुत्ने ई बताउँछन् । तर पनि ई भन्छन्, ‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’ ‘सडक, साइकल, गाडा र परम्परागत व्यापारीहरूमाथि गलत भइरहेको छ त्यो गलत हो ।’ ई भन्छन् – ‘काठमाडौँ महानगरपालिकाले गलत गरिरहेको छ । केही धनी मानिसको लागि होइन, गरिबहरूको पक्षमा पनि महानगरपालिका उत्तरदायी हुनुपर्‍यो ।’  सडक व्यापार ले थुप्रै बिदेसिनु बाध्य परिरहेको बताउँदै ई भन्छन् ‘जुन दिन म उभिन छोड्छु एउटा पुस्ताको आशा मरेको छ भन्ने सोच्नुहोला ।’ यसैबिच काठमाडौँ महानगर र…
Read More
चिकित्सक आक्रमणको सर्वत्र भर्त्सना

चिकित्सक आक्रमणको सर्वत्र भर्त्सना

  काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए । चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ,…
Read More
ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ माग

ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ ।…
Read More
नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी

नेपाल र चीनबीच भएका सम्झौता तथा समझदारी

 * नेपाल र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता *  नेपाल र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू)  * नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि * नेपाल र चीनबिच सगरमाथा र चोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी * लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी * चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान * नेपाल–चीन सीमा पार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी…
Read More
म भागिरहेछु वा………

म भागिरहेछु वा………

  मोहनविक्रम सिंह     तिमी भन्छौ, म भागी रहेको छु, किनभने म– ‘यो धरतीलाई छाडेर, आकाशतिर गइरहेको छु’ तर म– ‘यो धरतीको माया मारेर, त्यो नीलो आकाशको मायामा अल्झेर आकाशतिर गई रहेको छैन ।’ म त– ‘ती काला बादलहरूसित लडेर ती चम्किला ताराहरू टिपेर, यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर आकाशतिर गई रहेको छु ।’ मलाई आश्चर्य लाग्छ । जब तिमीले यो भुल्दछौ– ‘म पनि यही धरतीमा जन्मेको हुँ जहाँ तिमी जन्मेका हौ । मैले पनि यो धरतीलाई माया गर्छु जहाँका सारा बाँझा चौरहरूमा हरिया अङ्कुरहरू उम्रन्छन्’ तिमीले भन्छौ– म भागिरहेको छु । तर म भन्छु– ‘म लडी रहेको छु’…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search