११ कार्तिक २०८० १६:२१
११ कार्तिक २०८० १६:२१
काठमाडौँ, ११ कार्तिक । नेपाली काँग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । काँग्रेस हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।