Naya Update

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

नयाँ दिल्ली, १६ कार्तिक । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल काँग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिँदै छ । प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हो । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार समितिको प्रश्नको जवाफ दिनुपर्छ। बीजेपीले दुवै विपक्षी नेताहरूलाई उनीहरूको प्रश्नको बारेमा खिल्ली उडाएको छ। यति मात्र होइन उनलाई 'दुई नम्बरी' पनि भनिएको छ । गोड्डा, झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले अरविन्द केजरीवाल र महुआ मोइत्रालाई सोसल मिडिया प्लेटफर्ममा ‘दुई नम्बरी’ नेताको रूपमा टिप्पणी गरेका…
Read More
प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँ: बालेन शाह

प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँ: बालेन शाह

काठमाडौँ, १६ कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनीले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्  । मङ्गलवार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्वजनिक गरेका हुन् । ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन’ उनले आफ्नो प्रस्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेका छन् । उनले निजी कम्पनीले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि व्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौँ महानगर बिक्रीमा छैन ।’ उनले अझ अगाडी लेखेका छन्, ‘तपाईँहरूले पुरै देशनै बेच्नु भो…
Read More
गाजाको अस्पतालका अवस्था ‘अत्यन्तै पीडादायी’, इन्धन सकिएर अक्सिजन उत्पादन हुन छाडयाे

गाजाको अस्पतालका अवस्था ‘अत्यन्तै पीडादायी’, इन्धन सकिएर अक्सिजन उत्पादन हुन छाडयाे

गाजा, १६ कार्तिक । गाजास्थित अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदै छ । आज साँझ गाजामा प्यालेस्टिनी स्वास्थ्य प्राधिकरणका प्रवक्ता अशरफ अल कुद्राका अनुसार अस्पताललाई आवश्यक पर्ने धेरैजसो उपकरण र इन्धनहरू सकिने अवस्थामा पुगेको छ । ‘जसका कारण अब माध्यमिक जेनेरेटरहरु मात्रै चलिरहेका छन्, अस्पतालको भेन्टिलेसन र एसी प्रणालीले इन्धन सकिन थालेपछि काम गर्न छाडेको छ,’ उनले भने । उनका अनुसार बिरामीका लागि अक्सिजन उत्पादन गर्ने प्रणालीले पनि काम गर्न छाडेको छ भने शव गृहमा रहेका फ्रिजरले पनि काम गर्न सकेको छैन । ‘हामी बुझ्छौँ कि प्यालेस्टिनी सङ्गठनहरूले प्रदान गरेको इन्धन केही घण्टा मात्र टिक्न सक्छ। अबको केही दिनमा…
Read More
आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

काठमाडौँ, १६ कार्तिक । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपालले ओमानसँग आफ्नो समूह अर्थात् समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल…
Read More
राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर मृत्यु भएको छ । गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधवार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुङ्गाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए । तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको हो । मङ्गलवार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधवार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।
Read More
ऐना: आत्मा र बि.पी.

ऐना: आत्मा र बि.पी.

* मेघराज ओली हरेक पल्ट सायद पल्ट पल्ट नामले भन्दा उपमाले निष्ठाको पर्तिरुपमा– तिमिलाई उभ्याए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । हरेक पल्ट प्राय पाँच पाँच वर्षमा तिम्रो आकृति सजाय तिम्रो नाम बिक्यो–काम बिक्यो ०४६ देखी ०८० सम्म भजाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । निस्स्वार्थ, त्यागी हजुर भनी भनी नेताको फिक्स एक तलब बनाए एक जागिरे बनाए–खुसी मेरा नेता बनाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । ऐनामा आकृति फेरिए–नेता फेरिए तिनका जीवन फेरिए सोच फेरिएन.... बदलिएका आकृतिको आत्मा फेरिएन । नेताको आत्मा फेरिएन ।
Read More
‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरु सँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’ दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठुलो सङ्ख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किँदै छ । सिप, ज्ञान…
Read More
इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ । विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् ।  उनीहरूले  गाजामा  घातक हवाई आक्रमण रोक्न तथा  युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् । मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा  अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ…
Read More
जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ

काठमाडौँ, १४ कात्तिक । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।  काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीय यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौँकै  तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search