२७ भाद्र २०८० ११:४१
२७ भाद्र २०८० ११:४१

२७ भाद्र २०८० ११:२४
२७ भाद्र २०८० ११:२४
लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसद्मा पुगेको प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले बताएका छन् । उक्त विधेयक साउन १६ गते मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो। विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

२७ भाद्र २०८० १०:५१
२७ भाद्र २०८० १०:५१
काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई यो खोप दिइने छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ । आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो । अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको…

२७ भाद्र २०८० ०८:५२
२७ भाद्र २०८० ०८:५२
काठमाडौँ । नेपाली क्रिकेट टोली आश्विन १० बाट १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ । नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो । क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ । नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि आश्विन २० गते खेल हुनेछ । सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा…

२६ भाद्र २०८० २०:४७
२६ भाद्र २०८० २०:४७
काठमाडौँ । दुबईबाट झन्डै एक किलो सुनसहित तीन जना पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो। उनले मलद्वारमा लुकाएर उक्त सुन ल्याएका थिए। दोङले भन्सार छली ल्याएको सुन लिन आएका अरू दुई जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टे खोलाका ३३ वर्षीय जगत् लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौँ परिसरका डिएसपी अनिल अधिकारीले जानकारी दिए । दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानी खोला गाउँपालिका ३ का हुन्। हाल पनौती…

२६ भाद्र २०८० १७:५१
२६ भाद्र २०८० १७:५१
Chuda Prasad Dhakal, PhD Institute of Agriculture and Animal Sciences, Tribhuvan University 1. Background Statistics can be defined as the science of learning from data. According to Sermento and Costa (2019), one of its primary goals is to extract information from data to gain a better understanding of the situations it represents. Statistical analysis, on the other hand, involves investigating trends, patterns, and relationships using quantitative data (A step-by-step guide to statistical analysis, n.d.). DePoy et al. (2016) also note that statistical analysis involves the organization and interpretation of data according to well-defined, systematic, and mathematical procedures and rules. In…

२६ भाद्र २०८० १७:३५
२६ भाद्र २०८० १७:३५
उत्तर कोरियाका शासक किम जोग उन र रुसी राष्ट्रपति पुतीनका बिच १२ सेप्टेम्बर बिहान भेटवार्ता सम्पन्न भएको छ । नेता किम विशेष रेलमा चढी आज बिहानै रुसी सहर व्लादिवोस्तोक सहर पुगेका हुन् । सो रेलमा २० वटा बुलेट प्रुफ गाडीहरू पनि रहेको जानकारी हुन आएको छ । उत्तर कोरियाको हतियार र युद्ध सामग्रीसँग सम्बन्धित अफिसरहरू पनि सँगै यात्रामा रहेको जानकारी हुन आएको छ । सन् २०१९ पछि पहिलो पटक हुन लागेको यो वार्ताले दुवै देशको सम्बन्धमा सुधार हुने क्रिमलिनका प्रवक्ता डिमीट्री पेस्कोवले बताएका छन् । दुई देशको भेटवार्ता हतियार खरिदबिक्री हुनसक्ने भन्दै नाटोको लागि टाउको दुखाइको विषय बनेको छ ।…

२६ भाद्र २०८० १३:५४
२६ भाद्र २०८० १३:५४
संसारभरि सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ। विगतमा यो रोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ। मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ। मुटुले आफ्नै रगत नलीको सहायताले मुटुमा रगत फैलाउँछ। मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्ट्रोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा…

२६ भाद्र २०८० १३:०८
२६ भाद्र २०८० १३:०८
काठमाडौँ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । लेखक पराजुली निमोनियाका कारण अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो । २०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो । पराजुलीका कथासङ्ग्रह जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण सङ्ग्रहले निकै चर्चा बटुलेको थियो । पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक…