१४ आश्विन २०८० २१:४०
१४ आश्विन २०८० २१:४०

१४ आश्विन २०८० २१:३६
१४ आश्विन २०८० २१:३६
मणिपुरमा फेरि जातीय हिंसाको आतङ्कको स्थिति सिर्जना भएको छ । मणिपुर हिंसाको लामो समयपछि इन्टरनेट सुचारु भएको ३ दिनपछि २ जना विद्यार्थीहरूको हत्याको भिडियो भाइरल भयो । यी दुवै विद्यार्थीहरू ८२ दिनदेखि लापत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसरी हत्या भएका विद्यार्थीहरूमा एक जना १७ वर्षीय युवती र अर्को २० वर्षीय युवक भएको जानकारी हुन आएको छ । स्मरण रहोस् केही समय पहिले दुई महिलालाई निर्वस्त्र गाऊ घुमाएको भिडियो भाइरल भएपछि मणिपुरमा ठुला जातीय हिंसा भड्किएको थियो । फेरि यो भयातक भिडियो भाइरल भएपछि त्यहाँ आतङ्कको स्थिति सिर्जना भएको छ । यद्यपि सीबीआईले विद्यार्थीहरूको हत्याको आरोपमा चार जनालाई…

१४ आश्विन २०८० २०:३०
१४ आश्विन २०८० २०:३०
* समीर सिंह साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो । धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको…

१४ आश्विन २०८० १६:४५
१४ आश्विन २०८० १६:४५
* * रामराज रेग्मी दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन हो । यसो भन्दा आँखाको सहयोगबाट देखिने हुनाले त्यो दर्शन हुने भयो भन्ने तर्क आउन सक्छ । तर, यहाँ भन्न खोजिएको आँखालाई होइन, गहिरो ज्ञान दृष्टिलाई हो । प्राचीन संस्कृत साहित्यले दर्शनलाई गहिरो ज्ञान दृष्टिको अर्थमा लिएको छ । अङ्ग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ । यसमा दुई शब्द Philos र Sophy को मिलन भएको छ । ग्रीक भाषामा Philos को शाब्दिक अर्थ मोह र…

१३ आश्विन २०८० २१:३६
१३ आश्विन २०८० २१:३६
अमेरिकाको न्यूयोर्क सहरमा ठुलो वर्षाका साथै तुफान आएरजनजीवन अस्तव्यस्त छ । सन् १९४८ पछिको यो सबैभन्दा ठुलो वर्षा भएको मिडियाहरूले बताएका छन् । ठुलो वर्षाका कारण न्यूयोर्कका गर्वनर कैथी हेचुलले आपत्कालको स्थितिको घोषणा गरेका छन् । त्यहाँ शुक्रवार दिनभरि १७ सेन्टिमिटर भन्दा बढी पानी परेको छ । न्यूयोर्कको जान एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ८ इन्चको पानी परेको त्यहाँका मिडियाहरूले जानकारी गराएका छन् ।

१३ आश्विन २०८० २०:४०
१३ आश्विन २०८० २०:४०
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य…

१२ आश्विन २०८० २०:२४
१२ आश्विन २०८० २०:२४
काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो । ‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’ प्रधानमन्त्री पुष्पकमल…

१२ आश्विन २०८० १०:५३
१२ आश्विन २०८० १०:५३
* खगेश्वर ढकाल पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् । कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि…

१२ आश्विन २०८० १०:००
१२ आश्विन २०८० १०:००
* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको…

११ आश्विन २०८० २२:०४
११ आश्विन २०८० २२:०४
* मेघराज ओली आमाले हैन प्राय बाले पैसा कमा केही काम गर भनी भनी बाको धर्म निभाए। कर्म धेरै अनेक प्रयासमा नतिजा एक बराबर बिग्रेको राइफलको नतिजा युद्धको सोध्छन् मेरा बा एक व्यापार गर भन्छन् मेरा बा पैसा कमा भन्छन् मेरा बा। अब कम्प्याक्ट गर्ने प्रोफिटमा गर्ने भनी स्वर्गमा चुरोटको डिलर खोले ग्राहकहरू राम्रो छ देवकोटा,पारिजात,वि.पी सब मेरा ग्राहक छन्.. ( पारिजातले चुरोट सल्काउँदा ......धर्तीको सबै भन्दा कामुक नारीको याद नआएको हैन....... हातका औँलाले सकम्बरिको याद नदिलाएको हैन......) दुःख छ ती सबको नाम मात्र खातामा छन् सबै गुलाबका फूलको थुङ्गा प्रेमीकाको हातमा कहाँ पर्छ र। बा भन्छन् व्यापार कस्तो छ…