२९ आश्विन २०८० ०७:५९
२९ आश्विन २०८० ०७:५९
काठमाडौँ, २९ असोज । कोसी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार कार्की मुख्यमन्त्री बने पछि महामन्त्री शर्माले असन्तुष्टि जनाएका हुन् । उनले कोसी सरकार गठन पछि कोइरालाले चालेको कदममा टिप्पणी गर्दै भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ।’ उनले गठबन्धन परिवर्तन गर्ने भएमा सल्लाहमा नै संस्थागत निर्णय गर्न सकिने जनाएका छन् । उनले पहिला पनि पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नहुने अडान आफू र अर्का महामन्त्री गगन थापाले राखेको स्मरणसमेत गराएका छन्…