२ पुष २०८० २२:०२
२ पुष २०८० २२:०२
विषय प्रवेशः मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य…