१४ कार्तिक २०८० ०८:१३
१४ कार्तिक २०८० ०८:१३
काठमाडौँ, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।