७ मंसिर २०८० २१:४४
७ मंसिर २०८० २१:४४
मंसिर ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको फैसला गर्दै कैद र सजाय तोकेको हो । न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो । ज्यान मार्ने उद्योगमा यो मुद्दा चलेको थियो । उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ ।…