Naya Update

Day: ३० कार्तिक २०८१ १७:३४

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। स्टार स्पोर्ट्स दक्षिण एसियाका ६ वटा देशमा प्रसारित हुने खेलकुद च्यानल हो। क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन्। यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ। क्यान बोर्डले एनपीएल प्रसारणको अधिकार स्टार स्पोर्ट्सले पाएसँँगै यो प्रतियोगिताले थप अन्तरास्ट्रिय उचाइ प्राप्त गर्ने भएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search