१७ कार्तिक २०८० १२:२८
१७ कार्तिक २०८० १२:२८
काठमाडौँ,१७ कात्तिक । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी का दुईवटा विद्युत् वितरण सब स्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्वारा केएफडब्लू विकास बैङ्कमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिका स्थानमा निर्माण गरिएका विद्युत् वितरण सब स्टेसनको बिहीबार उद्घाटन गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शमशेर हेलिस्टनले संयुक्त रूपमा रातामाटे सब स्टेसन उद्घाटन गरे । यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रूपमा कालिका स्थान सब स्टेसनको उद्घाटन…