Naya Update

खेलकुद

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

एसियाली खेलकुदमा भारतलाई पहिलो पटक १०० पदक

  नयाँ दिल्ली, २० असोज । एसियाली खेलकुदमा भारतको उत्कृष्ट प्रदर्शन जारी राख्दै भारतले पहिलो पटक १०० पदक जितेको छ । आज बिहानसम्म भारतले एसियाली खेलकुदमा पदक सङ्ख्या १०० पुराएको छ । एसियाली खेलकुदको १४ औँ दिनको सुरुवात पनि भारतको लागि राम्रो रह्यो । भारतीय खेलाडीले पदक जितेका छन् । १३ औँ दिन भारतका लागि उत्कृष्ट रह्यो । साबिक विजेता जापानलाई हराउँदै भारतले ९ वर्षपछि हक्कीमा स्वर्ण पदक जितेको छ । हक्की टोलीले स्वर्ण जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टोलीलाई बधाई दिएका छन्  । यस पटक भारतले एसियाली खेलकुदमा कीर्तिमानी पदक जित्दै पदकको शतक बनाएको छ । यसअघि खेलकुदको १३…
Read More
सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

काठमाडौँ, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल कांस्य पदकमा सीमित भएको हो ।
Read More
आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

आज देखी विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिस्पर्धामा

  काठमाडौँ, १८ असोज । विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुदैँछ ।   आइसिसी एक दिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आज देखी सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्गल्यान्ड साबिक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो ।   सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रङ्गशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालाको रूपमा लिइन्छ । सो उद्घाटन  खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
Read More
१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

१९ औँ एसियाड ः टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन २ रनले चुक्यो मलेसिया

चिन, १७ असोज । टेस्ट राष्ट्र बङ्गलादेशलाई हराउन मलेसिया २ रनले चुकेको छ । आश्विन १७ गते  बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेलमा मलेसियालाई २ रनले  हराउँदै बङ्गलादेश, सेमिफाइनलमा पुगेको हो ।  सुरुमा बेटिंग गर्दै बङ्गलादेशले ११६ रन बनायो । त्यो देशका लागि सेफ हसनले ५० रन हानेका थिए । बङ्गलादेशलाई सस्तोमा समेट्न मलेसियाका पवनदिप सिंहले ४ ओवरमा १२ रन दिएर २ विकेट लिएका थिए । लक्ष्यलाई पछ्याउने क्रममा मलेसियाका विरेनदिप सिंहले ५२ रन बनाए ।
Read More
एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

काठमाडौँ, १७ असोज । नेपाली महिला कबड्डीले कांस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला टोलीले कम्तीमा एक पदक सुनिश्चित गरेको हो । आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बङ्गलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
Read More
एसियाडमा नेपालको पदक लगभग निश्चित

एसियाडमा नेपालको पदक लगभग निश्चित

काठमाडौँ । चीनमा जारी १९औँ एसियाडमा नेपाल, कमसेकम एउटा पदकको नजिक पुगेको छ । एसियन गेम्समा महिला कबड्डी प्रतिस्पर्धामा नेपालबाट त्यो पदकको आशा गरिएको छ । समूह चरणको खेलमा सोमबार बङ्गलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तीमा कांस्य पदकको नजिक देखिएको हो । सोमबार नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो ।  बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्याशी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ । त्यस कारण पनि नेपालले पदक जित्ने निश्चित जस्तै छ । नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्ने भएको…
Read More
१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

१९औँ एसियाड : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटर फाइनलमा

चीनमा जारी १९औँ एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मङ्गोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । महिला टिमको खेलमा भने नेपाल मालदिभ्ससँग ३–१ ले पराजित भएको छ । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गल–साइखानलाई २१–८, २१–१४ तथा सुनिल जोशीले मङ्गोलियाकै अर्का खेलाडीलाई २१–११, २१–७ को सोझो सेटमा पराजित गरे । तर विष्णु कटुवाल भने पराजित भए । तेक्वान्दोसहित, जुडो, सुटिङ, उसु, साइक्लिङ, रग्बी (पुरुष) र पुरुष भलिबलमा नेपालको खेल समाप्त भइसकेको छ ।
Read More
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नुहुनेछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर…
Read More
अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

काठमाडौँ । साबिकको विजेता श्रीलङ्का  एसिया कप-2023 को फाइनलमा प्रवेश गरेको छ ।  शुक्रवार बिहान सम्पन्न खेलमा रोमाञ्चक सुपर ४ खेलमा पाकिस्तानलाई  हराउँदै श्रीलङ्का फाइनलमा पुगेको हो ।  श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा श्रीलङ्का डकवर्थ लुइस पद्धति अनुसार २ विकेटले विजयी भएको हो ।  अन्तिम २ बलमा टिमलाई ६ रनको आवश्यकता थियो । चरिथ असालंकाले अन्तिम दुई बलको पहिलो बलमा चौका र दोस्रो बलमा दुई रन हान्दै आफ्नो टिमलाई एसिया कपको फाइनलमा पुर्‍याएका हुन । । श्रीलङ्का ११ औँ पटक वन डे एसिया कपको फाइनलमा पुगेको हो ।  पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍यो…
Read More
आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

काठमाडौँ  ।   नेपाली क्रिकेट टोली आश्विन १० बाट  १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ । नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।  क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ ।  नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै   आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते  तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि  आश्विन २० गते खेल हुनेछ । सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search