१९ आश्विन २०८० १२:३९
१९ आश्विन २०८० १२:३९
* मोहनविक्रम सिंह मलाई हाँसो लाग्छ, जब भन्छ अन्धकारले आई,– ‘मैले रोक्दछु प्रकाश लाई, शून्य पारी सूर्यको तेज–राशि, अन्धकारमय, बनाउँछु विश्वलाई ! मैले कसरी पत्याऊँ ? जब ती गगन चुम्बी महलहरूले, गुलाफी गाला, सुकोमल शरीर, धडकी रहेका छातीहरूले गर्न थाल्दछन् भयङ्कर गर्जना, मानवताको भर्त्सना, क्रान्तिको विस्फोट रोक्दछौँ भनी ’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी रूख पात र ढुङ्गा पनि हाँस्दछन्, जब भन्छन् गोली तोप र एटमले ’संहार गर्छौ मानवतालाई, दिशा दिशामा फैलाई दानवी जाल, भस्म गर्दछौँ– आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्, जब भन्छन् जेलका अग्ला दीवार र फलाम जन्जिरहरूले, बन्दीहरूमाथिका प्रताडना…