२६ आश्विन २०८० १०:५६
२६ आश्विन २०८० १०:५६
् काठमाडौँ, २६ असोज । कोसी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रवार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोसी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेतलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो । सो बैठक पछि कोसी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाहिँ भने कोसी सरकारका बारेमा तटस्थ बस्ने निर्णय…