३० आश्विन २०८० ०८:२३
३० आश्विन २०८० ०८:२३
काठमाडौँ, ३० असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। होटेल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ । यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरू बद्री केसी र रविना थापा यस पटक पनि प्रत्याशी छन्। अध्यक्षका प्रत्याशी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दाबी गरेका छन् । एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष,…