१५ माघ २०८० ०९:५२
१५ माघ २०८० ०९:५२
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ । पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् । यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी…