५ पुष २०८० २१:५३
५ पुष २०८० २१:५३
५ पुस, काठमाण्डौं - साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो । एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २०…