२६ आश्विन २०८० १६:३४
२६ आश्विन २०८० १६:३४
गाजापट्टी २६ असोज । प्यालेस्टाइनी हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । ‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र विदेशीहरूको हत्या गरेको छ,’ हमासका सैन्य कमान्डरले भनेका छन् । हमासको विज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरूको मृत्यु भएको हो । गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भूमितर्फ लगेको थियो । साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका…