१० मंसिर २०८० २०:०३
१० मंसिर २०८० २०:०३
मंसिर १०, काठमाडौं । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो । यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो । अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा,…