१३ पुष २०८० २१:२८
१३ पुष २०८० २१:२८
१३ पौष, काठमाण्डौं - बालकुमारीमा भएको झडपमा दुईजनाको मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको हो । राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। घटनामा १० जना सामान्य घाइते छन्। प्रहरीले ६६ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण…