१३ कार्तिक २०८० १६:४७
१३ कार्तिक २०८० १६:४७
बारा, १३ कात्तिक । बाराको कलैयामा अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।