१६ पुष २०८० १९:१९
१६ पुष २०८० १९:१९
१६ पौष, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् । मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाण्डौंमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको पनि बताएका छन् । ‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्यो। तथ्य यही हो कि देश बचाउने राजाले…