१ कार्तिक २०८० १०:०२
१ कार्तिक २०८० १०:०२
विशाल बस्नेत/ न्युज कारखाना महोत्तरी, १ कार्तिक । नेकपा एमाले मधेस प्रदेश अधिवेशनको वैधतामाथि प्रश्न नै प्रश्न उठ्न थालेको छ । गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रका जिम्मेवार नेताहरूले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन । घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवबाहेक अन्य सदस्यहरूमा आफूखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिए पछि सो अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाइएको हो । जिम्मेवार नेता र सदस्यहरूले वैधतामाथि प्रश्न उठाएपछि मदेसमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । `न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ,´ एक जना पूर्व मधेस प्रदेश कमिटी सदस्यले भने,…