Naya Update

रुकुम- मैकोट तस्बिर / महेश थापा ‘आभास’

इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

इजरायलले फेरी गर्‍यो गाजाको अस्पताल नजिक बमदारी

गाजा, १४ कार्तिक । इजरायली सेनाले मङ्गलवार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमदारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मङ्गलवार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतङ्क छाएको थियो । ‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतङ्कको अनुभव गरिरहेका छन्,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ । करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ । इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको…
Read More
प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

बारा, १४ कार्तिक । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेस प्रदेशका विद्यालयहरू एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको थियो । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना…
Read More
परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेश मन्त्रीबिच एमसिसीको बारेमा छलफल

काठमाडौँ, १४ कार्तिक । परराष्ट्र मन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ । अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबिचको जारी साझेदारीका बारेमा विस्तृत छलफल गरेका छन् । सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ । नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमा पार विद्युत् व्यापारलाई समर्थन गर्दै सहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताइएको छ ।  
Read More
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

गाजा, १४ कार्तिक । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो। तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए। यसैबिच, उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् ।…
Read More
आरक्षणको माग राखी महाराष्ट्रमा मराठा आन्दोलन चर्कियो, समर्थनमा दुई सांसदले दिए राजीनामा

आरक्षणको माग राखी महाराष्ट्रमा मराठा आन्दोलन चर्कियो, समर्थनमा दुई सांसदले दिए राजीनामा

मुम्बई, १४ कार्तिक । महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ । सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी काँग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी गरेको थिए । गङ्गापुरमा भाजपा विधायक प्रशान्त बम्बको कार्यालयमा तोडफोड भएको छ। यससँगै सुरक्षा कारणले बीडमा धारा १४४ लगाइएको छ भने इन्टरनेट पनि ४८ घण्टाका लागि बन्द गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मराठा समुदायले आरक्षणको माग गर्दै महाराष्ट्रको जालनामा अनिश्चित कालीन अनशनमा बसेका सामाजिक कार्यकर्ता मनोज जरांगेले स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् । पीटीआईसँग कुरा गर्दै जालनाका कार्यवाहक सिभिल सर्जन…
Read More
आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आइसिसी टी–२०ः नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, १४ कार्तिक । नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समूह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।
Read More
तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा

काठमाडौं, १३ कात्तिक । आफूलाई अभियन्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफू विरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सिएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरूको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झुटा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियन्ताको भएको मलाई कसैले केही कारबाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर…
Read More
बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Read More
महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search