Naya Update

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ भने व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ‘ नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
Read More
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।    
Read More
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो। यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो। कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए।
Read More
फोहोर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

फोहोर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहोर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो। उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०÷०८१ को साउनदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको छ। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६÷८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ। ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि…
Read More
मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका अन्य भागमा मौसम सफा रहेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ। बुधबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध…
Read More
मङ्गलबार सुनको मूल्यमा ४०० रुपैयाँले उकालो

मङ्गलबार सुनको मूल्यमा ४०० रुपैयाँले उकालो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको  हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेकोछ । आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
Read More
पाँचबुँदे माग राख्दै पिछडावर्ग महासंघ आन्दोलित

पाँचबुँदे माग राख्दै पिछडावर्ग महासंघ आन्दोलित

नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो। उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय ९ओबीसी० उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ। तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो। यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग (ओबीसी) महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने…
Read More
च्याम्पियन्स ट्रफी सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफी सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ। सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध मैदानमा भारत दबाबमा रहने अनुमान रहेको छ। आईसीसी ईभेन्ट्सका नकआउट खेलहरुमा भारत विरुद्ध अस्ट्रेलियाको पल्ला भारी रहेको छ। अघिल्लो एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई स्तब्ध पार्दै उपाधी जितेको थियो। त्यसअघिको २०२३ मै वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधी जितेको थियो। फाइनल पुग्न अर्को सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन्। च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छ। यो खेल भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ।
Read More
खैरो हिरोइनसहित कंचनपुरबाट दुई युवक पक्राउ

खैरो हिरोइनसहित कंचनपुरबाट दुई युवक पक्राउ

कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल-भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम सहित दुई जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र सोही नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना रहेका छन्। दुवैलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
Read More
बलात्कार अभियोगमा एक प्रहरी जवान पक्राउ

बलात्कार अभियोगमा एक प्रहरी जवान पक्राउ

सिराहामा एक जना प्रहरी जवान पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन्। उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए। महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं, डिएसपी पासवानले भने, विवाह गर्ने सर्तमा यौनसम्बन्ध राखेको र विवाह नगरेकोले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ। उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search