३ पुष २०८० २१:३७
३ पुष २०८० २१:३७
३ पुस, पोखरा - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकोले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिकको व्यवस्था राखिएको बताएका छन् । पोखरामा मंगलबार कांग्रेसको पहिलो गण्डकी प्रदेश सम्मेलनमा केन्द्रीय नेताले नै समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएपछि देउवाले त्यसको खण्डन गरेका हुन् । ‘हाम्रो पार्टीको लागि सिद्धान्त र आदर्श महत्त्वपूर्ण कुरा हुन् । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टी आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने, ‘मल्टीपार्टी डेमोक्रेसी हाम्रो पार्टीको सिद्धान्त र आदर्श हो । त्यसलाई अझै पूर्ण रुपमा सफल बनाउन समावेशी, समानुपातिक पनि राखिएको छ । यो सबैको देश हो । महिला, दलित, जनजाति,…