Naya Update

Day: ८ आश्विन २०८१ २१:२४

कंचनपुरमा सवारी दुर्घटना हुँदा युक्रेनी नागरिक सहित दुई जना घाइते

कंचनपुरमा सवारी दुर्घटना हुँदा युक्रेनी नागरिक सहित दुई जना घाइते

कंचनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटनामा परि दुई जना घाइते भएका छन्। मोटरसाइकल र साइकल आपसमा ठोक्किदा युक्रेनी नागरिकसहित दुई जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दुर्घटनामा परि युक्रेनी नागरिक एन्ड्री र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी ३५ वर्षीय सिता कामी घाइते भएका हुन्। एन्ड्रीले चलाइ रहेको एलए ०२ ए ५८४५ भारतीय नम्बरको मोटरसाइकल कामीको साइकलसँग ठोक्किएको थियो। झलारीस्थित टी एण्डी सी अस्पतालमा प्राथमिक उपचारपछि दुबै जनालाई थप उपचारका लागि धनगढीस्थित माया मेट्र अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
बर्षाले नेपाल-ओमानबीचको खेल सुरु हुन सकेन

बर्षाले नेपाल-ओमानबीचको खेल सुरु हुन सकेन

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, खेल हुने आधा घण्टा भन्दा कम समय बाँकी हुँदा पनि टस हुन सकेको छैन। जारी लिगमा नेपाल कमजोर प्रदर्शन गर्दै आएको छ। एक दिवसीय फर्म्याटमा भइरहेको खेलमा हालसम्म नेपालले एक खेलमा पनि जित निकाल्न सकेको छैन। पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टीमको प्रदर्शनबाट फ्यान र प्रशिक्षक पनि खुशी छैनन्। नेपालको न ब्याटिङ्ग राम्रो देखिएको छ न बलिङ्ग नै। जसले गर्दा नेपाली क्रिकेट टीमका समर्थक र प्रशंकहरू पनि निराश…
Read More
मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा

मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा

चरित्रहत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरु मुखमा कालो टेप लगाएर माइतीघरमा प्रदर्शन गरेका छन्। बोल्ने अधिकार हनन भएको भन्दै उनीहरु मंगलबार प्रर्दशनमा उत्रिएका हुन्। राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले प्रसाईंलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन्। रास्वपा केन्द्रीय सदस्यको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो।    
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search