Naya Update

प्रमुख समाचार

दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे संसदमा छानबिन गर्न माग

दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे संसदमा छानबिन गर्न माग

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नेपाली विमानलाई रोक लगाउँदा नेपाली श्रमिकले चर्को भाडा तिर्नुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । युरोपियन आकाशमा अझै पनि नेपाली वायुसेवाहरूलाई उडानमा रोक कायम रहेको बताए । नेपालको राम्रो उडान गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौँदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको पनि उल्लेख गरे । सांसद ढकालले भने,‘कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुत्तरित छ । कोरियाबाट…
Read More
टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरको वेदकोट नगरपालिका घर भएका भट्ट गत बर्षको चैतमा दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेपछि भट्टको चैत २४ गतेदेखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको 'ट्राउमेटिक सिफोर/सिफाइभ सब्लुक्सन र कर्ड कम्प्रेसनको साथ लिस्थेसिस' उपचारमा दैनिक एक लाख भारतीय रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ। घरको आर्थिक अवस्थाले भट्टको उपचार कार्यमा कठिनाई आइरहेको हुँदा उनको जीवन रक्षाका लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ। उनको उपचारका लागि कोरियामा कार्यरत विभिन्न नेपाली श्रमिकहरुले ८ लाख…
Read More
विद्युतीय कारोबारमा हुने ठगी रोकथामका लागि अन्तरक्रिया कार्यक्रम हुँदै

विद्युतीय कारोबारमा हुने ठगी रोकथामका लागि अन्तरक्रिया कार्यक्रम हुँदै

दक्षिण कोरियामा सक्रिय नेपालीद्वारा सञ्चालित सुदूरपश्चिम समाज दक्षिण कोरियाले विद्युतीय कारोबारमा हुने ठगी रोकथाम बारे सचेतता गराउन सनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। बुधबार सुदुरपश्चिम् समाज कोरियाले सूचना जारी गर्दै विद्युतीय कारोबार अन्तर्गत बित्तीय तथा बैंकिङ ठगी रोकथाम सम्बन्धि सचेतताका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आउँदो अप्रिल ६ मा साँझ ७ बजे भर्चुअल माध्यम 'जुम' बाट कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा अन्तरक्रियाका लागि ग्लोबल आईयामई बैंक कोरिया शाखाका प्रमुख ईश्वर धामीलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बैंकिङ कसुर तथा सजाय र सुरक्षित बैंकिङ तथा रेमिट्यान्स सम्बन्धित लगायत अन्य विद्युतीय कारोबार सम्बन्धि विविध पक्षमा अन्तरक्रिया हुने…
Read More
इपिएस भाषा परिक्षा: सेवा क्षेत्रका श्रमिक नलैजाने कोरियाको संकेत

इपिएस भाषा परिक्षा: सेवा क्षेत्रका श्रमिक नलैजाने कोरियाको संकेत

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको (इपिएस) शाखालाई पत्रमार्फत यस्तो सङ्केत गरेको हो । सन् २०२४ मा उत्पादनतर्फ आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढीको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएकाले यो वर्ष थप अन्य क्षेत्रका लागि नेपाली श्रमिकको माग गर्न नसकिने सङ्केत पत्रमार्फत गरेको इपिएस शाखाले जनाएको छ । सो शाखाका निर्देशक मैयाँ कँडेलले यस वर्ष विविध कारणले उत्पादनतर्फ सोचेभन्दा धेरै आवेदन परेकाले ती आवेदकको हालको गतिमा परीक्षा सम्पन्न गर्न यो वर्ष पूरै लाग्ने…
Read More
ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् । ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने…
Read More
सेन्ट-वी रेमिट्यान्सद्वारा भुकम्प पीडितहरुका लागि सहयोग रकम हस्तान्तरण

सेन्ट-वी रेमिट्यान्सद्वारा भुकम्प पीडितहरुका लागि सहयोग रकम हस्तान्तरण

सेन्ट-वी रेमिट्यान्सले नेपालमा भुकम्प पीडितहरुका लागि आर्थिक रकम सहयोग गरेको छ। आइतबार सेन्ट-वी रेमिट्यान्सले सिओल स्थित नेपाली दूतावास मार्फत सहयोग उपलब्ध गराएको जनाएको हो।   दक्षिण कोरियामा भरपर्दो रेमिट्यान्सको विश्वास बटुलेको सेन्ट-वी रेमिटेन्सले गतबर्षको डिसेम्बरमा डिसेम्बर लक्षित स्किम सार्वजनिक गरेको थियो। जसमा विभिन्न आकर्षक उपहार सहित बम्पर उपहारमा बुलेट मोटर बाइक घोषणा गरेको थियो। सेन्ट-वी ले उक्त मोटरबाइकको बिजेतालाई मोटरसाइकल उपलब्ध गराएको छ।  
Read More
पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच द्विपक्षीय भेटावार्ता

६ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा…
Read More
१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

१२ लाख स्मार्ट लाइसेन्समध्ये छ लाख नेपाल आइपुग्यो

५ माघ, काठमाण्डौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार  बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा ६ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए । प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको…
Read More
काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

१ माघ, काठमाण्डौं - सोमवारदेखि काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले काठमाण्डौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए। उनले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । प्रधानमन्त्रीले भने, 'काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search