१३ पुष २०८० २१:२०
१३ पुष २०८० २१:२०
१३ पौष, काठमाण्डौं - कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेका छन् । । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित ईपीएस कार्यालय अगाडी सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ मा प्रदर्शनकारीले आगजनी गरेका छन् ।