३० आश्विन २०८० ११:५६
३० आश्विन २०८० ११:५६
काठमाडौँ आश्विन ३० । कोशीमा एमाले सहितको मन्त्रीपरिषद् गठन गठबन्धनको समझदारीको विपरीत छ र त्यस प्रकारको सरकारको गठनले देशलाई प्रतिगमनको दिशामा लैजानको लागि उन्मुख गर्ने भन्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरेका छन् । उनले वक्तव्यमा भनेका छन् ः हामीले कोशीमा बनेको एमाले सहितको सरकारको कडा शब्दमा विरोध गर्दछौँ । हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि ने.का.भित्रको प्रतिपक्षले, एकातिर, एमालेसित गठबन्धन गरेर सरकार बनाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गर्दै छ भने अर्कातिर अमेरिकन परस्त तत्त्वहरूसित पनि गठबन्धन गरेर देशमा अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफिक र तिब्बत सम्बन्धी रणनीतिको लागि नेपालको भूमि प्रयोग गर्नका लागि आधार तयार पार्ने प्रयत्न गर्दै छ । हामीले पहिले…