२३ भाद्र २०८० १३:३१
२३ भाद्र २०८० १३:३१
काठमाडौँ । परम्परागत शैलीभन्दा फरक तरिकाले स्मृति शेष खगेश्वर ढकालको दोस्रो स्मृति कार्यक्रम सम्पन्न गरिएको छ । २०८० भदौ २२ गते शुक्रवारका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो । ढकाल परिवारका सदस्य तथा स्मृति शेष खगेश्वर ढकालका शुभचिन्तकसमेतको सहभागितामा स्मृति कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा स्मृति शेष खगेश्वरको जीवनका विभिन्न पक्षका बारेमा चर्चा–परिचर्चा गरिएको थियो ।’ बुबाले हामीलाई छोडेर जानुभयो । मृत शरीर नरहे पनि उहाँका विचार युग–युगसम्म कार्यान्वयनको विषय रहिरहने छन्’ स्मृति कार्यक्रमको अवसरमा उहाँका छोरा डा. चूडा ढकालले बताउनुभयो । स्मृति कार्यक्रममा आफ्नो धारणा राख्दै खगेश्वर ढकालकी बुहारी तथा प्राज्ञ सदस्य डा.कौशीला रिसालले कतिपय…