१७ आश्विन २०८० १०:१४
१७ आश्विन २०८० १०:१४
काठमाडौँ, १७ असोज । नेपाली महिला कबड्डीले कांस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला टोलीले कम्तीमा एक पदक सुनिश्चित गरेको हो । आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बङ्गलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।