२३ भाद्र २०८० १३:२५
२३ भाद्र २०८० १३:२५
ब्रसेल्स । फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा गर्दै साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालबाट सुवास जिसीलाई उपाध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित सहअध्यक्ष सुवाज जि.सी.सँग अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा सम्पर्क गर्दा, ‘युनाइटेड फ्रन्टको प्रथम सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भएको तथा निर्वाचित नयाँ समितिको छिटै बैठक बसेर विस्तृत योजनाहरू बनाइने’ बताउनुभयो । विश्वका करिब ४६ देशका १२४ प्रतिनिधिसहित करिब ६५० सहभागीको उपस्थितिमा सेप्टेम्बर ३ देखि ६ (२०२३) सम्म जर्मनीमा सो सम्मेलन सम्पन्न भएको हो ।अन्तर्राष्ट्रिय सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । पेरूका एडिथ लुज…