४ कार्तिक २०८० १४:३४
४ कार्तिक २०८० १४:३४
काठमाडौँ, कार्तिक ४ । घरेलु मैदानमा जारी युएई सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हंगकगलाई ७९ रनले पराजित गरेको छ । यसअघि कुशल मल्लको विस्फोटक ब्याटिङले नेपालले हङकङ समक्ष २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ५७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । नेपालका लागि करन के.सी., ललित राजवंशी र सोमपाल कामीले २ / २ विकेट लिएका थिए । आइतबार हङकङ र युएईबिच प्रतिस्पर्धा हुँदै छ भने सोमवार नेपाल र युएई तथा बुधवार हङकङ र युएई भिड्दै छन्। अङ्क…