१५ आश्विन २०८० १३:११
१५ आश्विन २०८० १३:११
* भिष्म जोशी धेरै पर नजाऔँ ०४६ सालको आन्दोलन यता भनौँ वा आज भन्दा करिब ३४/३५ वर्ष यता हेर्ने हो भने नेपालमा अस्थिरतै अस्थिरता मात्र देखिन्छ । त्यो अस्थिरता केवल राजनीतिमा मात्र होइन, समाजका हरेक क्षेत्रमा देखिन्छ । राजनीति बिग्रियो भने हरेक चिज बिग्रिन्छ या बिग्रिन्न त्यो अर्कै पाटो भयो तर सबैको केन्द्र बिन्दु राजनीति बनाइयो । देशको राजनीति जता घुम्यो त्यतै समाजका हरेक पाङ्ग्राहरू घुम्दै गए । समाजका हरेक अङ्गहरू राजनीति रुपी मृत्युको कुवाबाट बाहिर ननिस्कने गरी किन रुमल्लियो रहे त ? किन अगाडी बढेन नेपालको रथ ? यी प्रश्नहरूको जिज्ञासा जाग्नु स्वाभाविक बनेको छ । यो ३५ वर्षको अवधि भनेको समयको…