Naya Update

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

कम्युनिष्ट संस्कृतिमा ब्रम्हाणवादको प्रभाव पर्‍यो : कार्की

 काठमाडौँ । ‘नेपालमा मार्क्सवादका आधारमा जीवन दर्शन निर्धारण गर्दा ब्रम्हाणवाद सँग सङ्घर्ष गर्नु परेको’  माओवादी केन्द्रका नेता राम कार्कीले बताउनु भयो– ‘ब्रम्हाणवादको सिकार, नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्‍यो । त्यही संस्कारको आधारमा विभिन्न कम्युनिस्ट नेताहरूमाथि आक्रमण सुरु भयो । ब्रम्हाणवादको संस्कृति हाबी हुँदै जाँदा यस प्रकारको स्थिति सिर्जना भएको हो ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले नयाँबजारस्थित आफ्नो कार्यालयमा आश्विन ७ गतेका दिन मार्क्सवाद र जीवन दर्शन विषयक अन्तरक्रिया कार्यक्रममा नेता कार्कीले ‘बाम्हाणवादले जनसङ्ख्याको ठुलो हिस्सालाई अछुत बनायो । तर त्यसरी त्यो बनाउने वालाको पनि अमानवीय करण भएको’ बताउनु भयो ।  ‘मार्क्सवादमाथि धेरै बहस र प्रश्न उठेपछि नै मार्क्सवादको अझ वैज्ञानिक रूपले…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई अपराह्न ४ बजे हुने सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबिच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । उक्त समिटको कार्यक्रमलाई…
Read More
प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

प्रगतिशील धाराको सन्दर्भमा इन्टरनेट साहित्य : एक चर्चा 

- मातृका पोखरेल ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ । २०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो  । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना…
Read More
देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

काठमाडौँ : ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले ‘त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त पारिएको छ । त्यस्तै देशलाई शिक्षाको माध्यमबाट ध्वस्त पारिन लागिएको’  बताउनु भयो ।  ‘हरेक स्थानीय निकायमा अलग अलग पार्टीको सरकार छ । ती निकायहरूलाई शिक्षाको स्वरूप निर्धारण गर्न दिने हो भने शिक्षाको पहिचान नै समाप्त हुने’ संविधानविद् आचार्यले भन्नुभयो – ‘युवा र विद्यार्थी, देशको सबैभन्दा ठुलो जनशक्ति हो । तर देशमा भविष्य छैन भन्दै भ्रष्ट राजनीति गर्नेहरू क्रियाशील भएको र शिक्षा प्रणालीलाई पनि…
Read More
पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

काठमाडौं । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभा २०८० साल असोज ६ गते पारिजात स्मृति भवन म्हेपि, नयाँबजारमा सम्पन्न भयो । मार्क्सवादी सांस्कृतिक मोर्चाका संयोजक एवम् प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो ।   साधारण सभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।   साधारण सभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी तथा कोषाध्यक्ष देवीका तिमिल्सिनाले कार्य व्यस्तताको कारण देखाउँदै दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।  रिक्त अध्यक्ष तथा कोषाध्यक्ष पदमा क्रमशः मातृका…
Read More
निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो ।  कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ ।  यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको…
Read More
पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हुनु भएको छ । लामो समयदेखि मुटु , पायल्स र प्रोस्टेट रोगबाट पिडित वहाँ विगत १६ दिनदेखि टीचिगमा भर्ना भएर उपचार गराई रहनुभएको छ । नेता आचार्यको स्वास्थ्य सुधारोन्मुख छ । वि.सं.१९९६ सालमा प्युठानको तिघ्रामा जन्मीनु भएका नेता आचार्य कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आउनु भयो । बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत निर्वाचित  हुनु भएको थियो । भूमिगत कालमा वहाँ, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर…
Read More
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नुहुनेछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर…
Read More
मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरु भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षति हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search