Naya Update

नेपाल र युएईबिच आज फाइनल खेल हुँदै

नेपाल र युएईबिच आज फाइनल खेल  हुँदै

नेपाल र युएईबिच आज फाइनल खेल हुँदै

काठमाडौँ । नेपाल र  युनाइटेड अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुदैँछ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ। जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।
Read More
सबैभन्दा ठुलो गोली काण्डबाट आतङ्कित अमेरिकी सहर, लेविस्टन

सबैभन्दा ठुलो गोली काण्डबाट आतङ्कित अमेरिकी सहर, लेविस्टन

  न्युयोर्क, १० कार्तिक । अमेरिकामा गोली काण्डका घटना अझै रोकिएका छैनन् । अमेरिकाको लेविस्टनमा बुधवार अबेर राति भएको गोली काण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन्, यस्तो अवस्थामा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । अमेरिकाको मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ । सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन…
Read More
लोकतन्त्रको विकल्प राजतन्त्र होइन ः भट्टराई

लोकतन्त्रको विकल्प राजतन्त्र होइन ः भट्टराई

  काठमाडौँ, कार्तिक ९ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्दै एउटा ट्विट जारी गरेका छन् । उनले भनेका छन्,  'भनिन्छ- समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५% जति हुन्छन्; अग्रगामी/वैज्ञानिक चेतना भएका मानिस १०-१५% जति हुन्छन्; कुनै प्रस्ट चेतना नभएका ढुलमुल/मध्यवर्ती मानिस ८०% जति हुन्छन्।त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरुद्ध दरो मोर्चा कसेर बहुसङ्ख्यक मध्यवर्ती वा ढुलमुल जनतालाई तिनको भ्रम जालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो;…
Read More
तपाईँको निधारमा पनि टीका र जमरा !

तपाईँको निधारमा पनि टीका र जमरा !

* रामबहादुर जि.सी. 'जिसी सर, तपाईँको निधारमा पनि टीका र जमरा !' टेलिफोन फेसबुक मेसेन्जरमामा प्राय: संस्कृति र सांस्कृतिक रूपान्तरण प्रति चिन्ता र सरोकार राख्ने थुप्रै शुभेच्छुक मित्रहरूले यक्ष प्रश्नहरू तेर्स्याउनु भएको छ। पक्कै पनि नेपालमा मनाइने धेरै जसो चाडपर्वहरू जस्तै दसैँ, तिहार, तिज, माघे सङ्क्रान्ति ,चैते दसैँ ,कुल पूजा,देवाली अर्थात् गोतियार भेला इत्यादिमा आध्यात्मिक तथा धार्मिक मिथकहरू जोडिए पनि उपरोक्त चाडपर्वहरूमा प्रकृति तथा वातावरणीय प्रभावका भूमि ,जङ्गल ,आगो ,पानी ,हावाको सम्झना सम्मान तथा पूजा गरिन्छ। जसमा आफन्त ,मान्यजन , इष्टमित्र,भाइ भतिजा ,साथी सङ्गीहरू बिच विचार आदानप्रदान , सुख दुःख साटफेर ,पारिवारिक पुनर्मिलन हुने र गराउने अवसरको रूपमा यी चाडपर्वहरूको…
Read More
पदार्थ के हो ?

पदार्थ के हो ?

*  रामराज रेग्मी यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र…
Read More
पुनः लेख्नेछु !

पुनः लेख्नेछु !

* बिनु 'खुसी' हरियाली थियो मौसम   रङ्गी विरङ्गी ती सपना  मुना थियो काखामा हर्षित थिए बिपना  नसुती बिते दिन  अनि रोएरै कटे  कति रातहरू हुण्डरी बनी आयो  कापे मेरा हातहरू नसोचेको  नसम्झेको  यो के भो सपना ?  सारा खरानी भई  चकनाचुर पो भो  आशा पनि मर्न थाले  मन खुसी भएन  शरीरले बाटो  छेके पनि  मन गलेको थिएन  अर्ध नारी भएछु !  कठै हराएछन् मेरा रङ्गहरू लड्दै हिँडे  भिड्दै हिँडे जित्नु छ जङ्ग भनी  दुख्यो छाती  गले मेरा हातहरू कतै छुट्ने हुनकी  कठै समाउने ती साथहरू मनमा आशा  आफ्नाको भरोसा  मौलाउने थाले  फेरि नयाँ पालुवा  आफू भित्रको दृढ विश्वास अनि आफ्नाको माया  दरो…
Read More
इजरायलले युद्ध अपराध गरिरहेको एमनेस्टीको दाबी

इजरायलले युद्ध अपराध गरिरहेको एमनेस्टीको दाबी

काठमाडौँ, कार्तिक ८  । बेलायतमा रहेको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेशनलले इजरायली अधिकारीहरूले गाजामा जबरजस्ती 'निकासी' आदेशहरू खारेज गर्नुपर्ने तथा नागरिकहरूमा डर र त्रास सिर्जना गर्ने धम्कीहरूको अन्त्य गर्नुपर्ने बताएको छ । एमनेस्टी इन्टरनेशनलका वरिष्ठ सङ्कट प्रतिक्रिया सल्लाहकार डोनाटेला रोभेराले एक विज्ञप्तिमा भनेका छन्, 'पूरै सहर वा क्षेत्रलाई सैन्य क्षेत्र घोषणा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुन्छ, आक्रमण गर्नेहरूले सधैँ नागरिक र लडाकुबिचको बिचको भिन्नता छुट्टाउनुपर्छ।' 'नागरिकहरूलाई निशाना बनाएर वा नागरिकहरूलाई मार्ने वा घाइते बनाउने अन्धाधुन्ध आक्रमणहरू गरेर मानवअधिकारको उल्लङ्घन गर्नु युद्ध अपराध हो,' उनले थपे। यसबाहेक, मानव अधिकार समूहले इजरायली सेनाले छोडेको पर्चाहरू, बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै, इजरायलले उत्तरी गाजाका…
Read More
विषालु बेलुन

विषालु बेलुन

* नारायण ढकाल दूषित हावा भरेर नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू चकलेटी आसमा तानिएर जीवनवादी/जीवनदायी दर्शन बिर्सेर गौरवमय इतिहासको अपव्याख्या गर्दै युरोप र अमेरिकाका गल्लीहरूमा वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर सारहीन बोक्रेदर्शन र कलाहीन सिद्धान्तको महिमा गाउँछन् र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन् अनि,श्रीखण्डलाई लत्त्याएर धमिरे काठमा सुवास र शीतलता खोज्ने असफल प्रयासमा रमाउँछन्। विषालु बेलुनहरू! विगत विश्व-रङ्गमञ्चमा भएका जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको बीभत्स इतिहासबाट बेफिक्र शकुनिको निर्देशनमा आफ्नै आमाको पेटमा धारिलो हतियार सोझ्याउँदै सामाजिक सद्भावको घाँटी निमोठेर एकतामा अनेकताको विघटनकारी आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन् र मृत्यु गीत गाउन तम्सिन्छन्। हावा महलमा उडेका बेलुनहरू, क्षणिक उँचाइलाई वास्तविक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search