३ कार्तिक २०८० १७:३०
३ कार्तिक २०८० १७:३०
काठमाडौँ, कार्तिक ३ गते । बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ । गाजामा अस्पताल सहित सर्वत्र बम वर्षा गरेर नरसंहार तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकोमा भर्त्सना गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । पर्दशनकारीहरुले तत्काल युद्ध विराम गर्न र प्यालेस्टाइनी जनताको स्वाधीनताको ग्यारेन्टी र सम्मान गर्न माग गर्दै नेपाल सरकारसँग छिटो यसबारे प्रस्ट धारणा ल्याउन आग्रह गरेका छन् । बृहद नागरिक आन्दोलनले एउटा पर्चा जारी गर्दै भनेको छ, 'इजरायल–प्यालेष्टाइन सङ्कट सम्यक् समाधानको पहलको सट्टा निहत्था प्यालेष्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय र विश्व–शक्तिहरूको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।' नागरिकको आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी,…