Naya Update

भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायकसँग अन्तरक्रिया हुने

भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायकसँग अन्तरक्रिया हुने

भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायकसँग अन्तरक्रिया हुने

काठमाडौँ आश्विन २२ । धर्मको नाममा व्यापार गर्ने विभिन्न बाबाहरूको अन्धविश्वासबाट नेपाली तथा भारतीय समाज, धेरै नै प्रभावित छ । त्यस प्रकारको अन्धविश्वासका विरुद्ध अभियान चलाउँदै आउनुभएका विभिन्न तर्कवादी तथा चार्वाकवादी सामाजिक अभियन्ताहरू अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । ती अभियन्ताहरू सँग ज्ञानशाला अनुसन्धान केन्द्रमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । आश्विन २३ गते दिउँसो ३.३० बजे नयाँबजारस्थित केन्द्रको हलमा हुने सो कार्यक्रममा मानवादी अभियन्ता प्रोफेसर डा. नायकका साथै अन्य भारतीय सामाजिक अभियन्ताहरूको समेत उपस्थिति हुनेछ । धार्मिक अन्धविश्वासहरूलाई दार्शनिक पक्षका साथै प्रयोगात्मक प्रकारले समेत खण्डन गर्दै आउनुभएका अभियन्ताहरूसँगको अन्तरक्रिया अत्यन्तै रोचक हुने अनुमान गरिएको छ । स्मरण रहोस्, अभियन्ता नायकले धर्मको…
Read More
प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

प्लायेष्टायनी युद्ध आतङ्कवाद होइन ः ढकाल

आश्विन २२, काठमाडौँ । ‘इजरायल र प्याष्टाइनबिचको युद्ध आतङ्कवादी युद्ध नभएर राजनैतिक समस्या हो । यो समस्यालाई वार्ता द्वारा समाधान गर्नुपर्दछ अन्यथा यसले विश्व युद्धको स्थिति सिर्जना गर्न सक्छ’ – भन्छन् वामपन्थी बुद्धिजीवी योगेन्द्र ढकाल । आश्विन २२ गतेका क्यापिटल एफएमसँग कुरा गर्दै बुद्धिजीवी ढकालले, ‘नोभेम्बर २९, १९४७मा संयुक्त राष्ट्र सङ्घमा इजरायल र प्यालष्टाइन बिचको समस्यालाई दुई राज्यको प्रस्ताव पारित भएको’ बताउँदै उनले ‘इजरायले त्यो प्रस्तावलाई कार्यान्वयन नगर्दा युद्धको स्थिति निम्तिएको र अहिलेको युद्धको जिम्मेवार पनि इजरायल नै हो ।’ बुद्धिजीवी ढकाल भन्छन् ‘या त संयुक्त राष्ट्र सङ्घमा भएको सम्झौतालाई मान्दैनौ भन्नुपर्‍यो होइन भने त्यसलाई इमानदारीका साथ पालना गर्नुपर्‍यो ।’ उनी…
Read More
लागु औषध कारोबारमा संलग्न ५ जना पक्राउ

लागु औषध कारोबारमा संलग्न ५ जना पक्राउ

हेटौडा, २२ असोज । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागू औषधसहित ५ जना पक्राउ परेका हुन । उनीहरूसँग स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि जफत गरिएको छ । यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईँलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त…
Read More
मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन्  । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् । प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तर वर्ती क्षेत्र राई मण्डलको । बर्दिबास नगरपालिकाको समथर भू-भाग छाडेर झन्डै ७ किलोमिटर माथि उक्लेपछि राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भीम डाँडा र सोली घोप्टे नामक अजङ पहाडका दुई टाकुरालाई देखेपछि मधेसको समथर भू-भाग नियालिरहेको जस्तो महसुस हुन्छ । समुन्द्री…
Read More
अफगानिस्तान भूकम्प परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

अफगानिस्तान भूकम्प परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

काबुल, २२ असोज । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तालिबान सरकार अनुसार गहिरो आर्थिक सङ्कटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठुलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात् ४० किलोमिटर पश्चिममा शनिवार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्याङ्क सार्वजनिक गरेको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको सङ्ख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन् । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ ।…
Read More
आज देखी काठमाडौँमा ‘पिएचडी फेस्टिभल’ हुँदै

आज देखी काठमाडौँमा ‘पिएचडी फेस्टिभल’ हुँदै

काठमाडौँ, २२ असोज । आज देखी काठमाडौँमा पिएचडी (बिद्याबारिधी) फेस्टिभल सुरु हुने भएको छ । आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ बिद्याबारिधी उपाधि प्राप्त डाक्टरहरूको उपस्थिति रहने जनाइएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पिएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा विषय विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाई अनुभव सुनाउने छन् ।
Read More
हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि

हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि

गाजा, २२ असोज । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौँको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । गत शनिवार देखी सुरु भएको युद्धमा सयौँ अपहरणमा परेका छन्, अझै त्यसको विस्तृत विवरण आइसकेको छैनन् । यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी काँग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् । संसद्को प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरूको सङ्ख्या बढ्दै गएको छ, तथ्याङ्क सङ्कलन गर्ने…
Read More
छायाङ्कन अगावै विदेशी बजारबाट मुनाफा कमाउँदै ‘महाजात्रा’

छायाङ्कन अगावै विदेशी बजारबाट मुनाफा कमाउँदै ‘महाजात्रा’

काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् ।   दर्शक…
Read More
ओली बोलिरहँदा ‘भीम रावल जिन्दाबाद’ भन्ने नारा लागेपछि…

ओली बोलिरहँदा ‘भीम रावल जिन्दाबाद’ भन्ने नारा लागेपछि…

  धनगढी, २१ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले 'भीम रावल जिन्दाबाद' भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट 'भीम रावल जिन्दाबाद' भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरू’ भन्दै धम्काउने प्रयास गरेका थिए । त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search