२२ आश्विन २०८० २१:०८
२२ आश्विन २०८० २१:०८
काठमाडौँ, २२ असोज । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र सङ्घर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह-अवरोह लेखेका छन्। कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान् पात्र भएको बताए। ‘यो किताब निष्ठावान् व्यक्तिको बकपत्र हो। समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ। अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौँ र आर्थिक रूपमा पनि उनी समृद्ध हुन्थे।’…