१२ पुष २०८० २१:३०
१२ पुष २०८० २१:३०
१२ पुष, काठमाण्डौं - सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको धारण ब्यक्त गरेका छन् । यस सँगै गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ । बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा 'कांग्रेस छ र ?' भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि 'के हो उपलब्धि' भन्दै प्रश्न गरे । उनीहरूले देशमा भ्रष्टचार बढेको,…