Naya Update

प्रमुख

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

सरकारको तयारी सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिइन्। त्यस्तै बैठकले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन बिकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्रैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायबाट पोखरा महानगरमा हुने हरित परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९ दशमलव  ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। बैठकले विपदबाट…
Read More
२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भएको छ। गत शुक्रबार नेपाली राजदूतावास दक्षिण कोरिया 'सिओल"ले विज्ञप्ति जारी गर्दै बुद्ध जयन्तीमाको अवसर पारी नेपाल बौद्ध परिवारको सँगको संयुक्त आयोजनामा कार्यक्रमको तयारी अगाडि बढेको जनाएको हो। विगत १,२०० बर्षदेखि बुद्ध जयन्तीमा कोरियामा हुँदै आएको परेडमा नेपाल बौद्ध परिवारको आयोजनामा नेपालीहरुको समेत सहभागिता रहदै आएको छ। यसबर्ष बैशाख २९ गते शनिबार दोङगुक विश्वविद्यालय स्थित 'ग्रान्ड प्लेग्राउण्ड' मा ३ बजेर ४५ मिनेट अगावै कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमले बुद्ध तथा लुम्बिनीको प्रचारमा थप टेवा पुग्ने जनाएको छ। यस बर्ष नेपाल-कोरियाको…
Read More
सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ। नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो। उक्त पुस्तक बिक्रीवितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले बताए। ‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही…
Read More
मुस्लिम समुदायले नेपालमा यसरी मनाए ईद

मुस्लिम समुदायले नेपालमा यसरी मनाए ईद

एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो । मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरिरहेका छन् । इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका…
Read More
पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने कोरियाली सरकारको चेतावनी

पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने कोरियाली सरकारको चेतावनी

दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण कोरियामा चिकित्सकको अभाव र दक्षिण कोरियाको बढ्दो वृद्ध जनसङ्ख्याको सामना गर्न आवश्यक जनशक्तिको अभाव भएको छ । चिकित्सकहरूले सरकारी योजनाले चिकित्सकीय सेवाको गुणस्तर घटाउने तर्क गरेका छन् । सरकारको कार्यादेश र कानुनी कारबाहीको धम्कीको बावजुद करिब १२ हजार जुनियर चिकित्सक अर्थात् प्रशिक्षार्थी चिकित्सककोे ९३ प्रतिशत सरकारको अन्तिम गणनामा उनीहरूको अस्पतालमा सेवारत छैनन् । प्रशिक्षार्थी चिकित्सकको आन्दोलनले सियोललाई लाखौं डलर राज्यको…
Read More
वढ्यो रेमिट्यान्स: ७ महिनामै भित्रियो झन्डै साढे आठ खर्ब, २१.१६ प्रतिशतले वृद्धि

वढ्यो रेमिट्यान्स: ७ महिनामै भित्रियो झन्डै साढे आठ खर्ब, २१.१६ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले वृद्धि हो । रेमिट्यान्समा भएको वृद्धिसँगै विदेशी विनिमय सञ्चिति १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २०.७ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । माघसम्मको सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने दाबी राष्ट्र बैंकको छ । गत वर्षभन्दा वैदेशिक रोजागारीमा जानेहरु घटे पनि रेमिट्यान्स भने बढेको छ । महँगी निरन्तर घट्दै गएको…
Read More
नेपाल-कोरिया उडानमा कोरियन एयरलाइन्सको एकाधिकार समाप्तिको माग गर्दै संयुक्त ज्ञापनपत्र पेश

नेपाल-कोरिया उडानमा कोरियन एयरलाइन्सको एकाधिकार समाप्तिको माग गर्दै संयुक्त ज्ञापनपत्र पेश

नेपाल-दक्षिण कोरिया उडानमा कोरियन एयरको एकाधिकार समाप्तिको माग गर्दै कोरियामा रहेका विभिन्न १४ वटा सामाजिक संघसस्था तथा राजनीतिक दलका प्रवास संगठनहरूले संयुक्त ज्ञापन पत्र जारी गरेका छन्। आइतबार ती संघसंस्था तथा राजनीतिक संगठनहरुले कोरियन एयरलाइन्सले असुल्दै गरेको चर्को भाडादर नियन्त्रण गर्न माग गर्दै राजधानी "सौल" स्थित नेपाली राजदूतावासमा राजदूत डा. ज्योति प्याकुरेल भण्डारी समक्ष जारी ज्ञापन पत्र पेश गरेका हुन् । कोरिएन एयरलाइन्सले सन् २००६ को नोभेम्बर ११ देखि इन्छन-काठमाडौ-इन्छन सिधा उडान गर्दै आइरहेको थियो। कोभिड-१९ का कारण २०२० को मार्च देखि उडान अवरुद्ध भएको थियो। केही समयका लागि महँगो भाडादरमा चार्टर उडान मार्फत आवतजावत सुरु गरिएतापनी हालसम्म भाडादर उहीँ…
Read More
विनोद चौधरीका भाई अरुण सिआईबीको टोलिद्वारा पक्राउ 

विनोद चौधरीका भाई अरुण सिआईबीको टोलिद्वारा पक्राउ 

उद्योगपति बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। बिहिवार केन्द्रिय अपराध अनुसार ब्युरो(सिआईबी) ले उनलाई काठमाडौको लैनचौरबाट पक्राउ गरेको हो। सिआईबीले अरुण सँगै अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ। ब्यापारी अरूण र थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ। सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ। उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ। यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ। अहिले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search