२९ भाद्र २०८० ०८:३०
२९ भाद्र २०८० ०८:३०
काठमाडौँ । साबिकको विजेता श्रीलङ्का एसिया कप-2023 को फाइनलमा प्रवेश गरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा रोमाञ्चक सुपर ४ खेलमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा पुगेको हो । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा श्रीलङ्का डकवर्थ लुइस पद्धति अनुसार २ विकेटले विजयी भएको हो । अन्तिम २ बलमा टिमलाई ६ रनको आवश्यकता थियो । चरिथ असालंकाले अन्तिम दुई बलको पहिलो बलमा चौका र दोस्रो बलमा दुई रन हान्दै आफ्नो टिमलाई एसिया कपको फाइनलमा पुर्याएका हुन । । श्रीलङ्का ११ औँ पटक वन डे एसिया कपको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो…