Naya Update

सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ

३ पुस, काठमाण्डौं - सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग शेयर खरिदबिक्रीबारे लिखित जवाफ माग गरेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च्ले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एनसेलको शेयर खरिदबिक्री रोक्ने विषयमा अन्तरिम आदेश दिने/नदिने निर्णयका लागि छलफल गर्न यही पुस १६ गतेको पेसी तोकेको छ । सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको दाबी गर्दै त्यसलाई रोकेर राज्यलाई आउने राजस्व असुल गर्नुपर्ने, कारोबारीलाई कानुनी दायरामा ल्याउनुपर्ने र अहिले भएको कारोबारमा रोक लगाउन माग गरेका छन् ।
Read More
नेकपा (एकीकृत समाजवादी) ले स्थगित गर्यो सबै जिल्ला अधिवेशन

नेकपा (एकीकृत समाजवादी) ले स्थगित गर्यो सबै जिल्ला अधिवेशन

३ पुस, काठमाण्डौं - नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ ।  मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी गराए । उनले भने, 'कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ,' । उनले बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने, केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा पनि…
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालबाट एनसेल खरिद-ब्रिक्री प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन

प्रधानमन्त्री पुष्पकमल दाहालबाट एनसेल खरिद-ब्रिक्री प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन

३ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्री प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका हल्लाको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको  भनेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले जवाफ त्यसो भनेका हुन् । 'मेरो परिवारका सदस्य घट्दै गएर अहिले तीन जना रहेका छौं । एउटी छोरी भरतपुर महानगरको मेयर छ । उतै व्यस्त छ । अर्की एउटी छोरी छ । बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ,' प्रधानमन्त्री दाहालले भने, 'बनाएको छ, उचालेको छ । यो वास्तवमा संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथि हमला हो । यसमा म क्लियर छु ।…
Read More
छानबिन समितिको प्रतिवेदन नआउन्जेल एनसेलको शेयर कारोबारमा कुनै स्वीकृति नदिन राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

छानबिन समितिको प्रतिवेदन नआउन्जेल एनसेलको शेयर कारोबारमा कुनै स्वीकृति नदिन राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

३ पुस, काठमाण्डौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेल उस्को शेयर कारोबारमा कुनै स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सञ्चामन्त्री रेखा शर्मासहितलाई बोलाएर मंगलबार छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । 'एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने' समितिको निर्देशनमा छन् । समितिले सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति- २०८० को प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने…
Read More
सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ । यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै । अहिले म आख्यानको…
Read More
अङ्ग्रेजी मोहले निम्त्याएको भाषासङ्कट – हेम अधिकारी     

अङ्ग्रेजी मोहले निम्त्याएको भाषासङ्कट – हेम अधिकारी     

प्रसङ्गः कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । साध्य त ज्ञान सीप हो । ज्ञान सीप जुनसुकै भाषाका माध्यमबाट पनि आर्जन गर्न सकिन्छ । अझ भन्नु पर्दा भाषा ज्ञान होइन यो ता सीप वा मान्छेको बानी, ब्यवहार हो । कुनै पनि ज्ञान भण्डारको बाह्य पक्ष वा बाहिर प्रस्तुत गर्ने माध्यम मात्र हो । त्यो ज्ञान जुनसुकै भाषामा पनि प्रकट…
Read More
मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

विषय प्रवेशः  मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य…
Read More
डा. गोविन्द केसीले तोडे अनसन

डा. गोविन्द केसीले तोडे अनसन

२ पुस, काठमाण्डौं - डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् । गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि  आज अनसन तोडेका हुन् । उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
Read More
ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

ललितपुर महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ…
Read More
औषधीय गुण भएका सुन्तलाका बोक्रा

औषधीय गुण भएका सुन्तलाका बोक्रा

आजभोली सुन्तला पाउने समय हो। सुन्तलामा अत्याधिक मात्रामा  भिटामिन सि तथा अन्य पोषण तत्व पाइन्छन्। हामीले सुन्तला खाएर त्यसको बोक्रा फल्ने गरेका छौ। सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ। तर यसका औषधीय गुणहरु पनि छन्। यदि कपाल एकदम खस्रो  छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ। सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ। केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ। अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search