२४ आश्विन २०८० १०:१५
२४ आश्विन २०८० १०:१५
नयाँ दिल्ली, २४ असोज । मङ्गल ग्रह पछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अब अन्तरिक्षमा मानव यान पठाउने तयारी पूरा गरेको छ । केन्द्रीय विज्ञान र प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मङ्गलवार भनेका छन् कि इसरोले अक्टोबर २१ मा गगनयान मिसनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ। चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न इसरोका इन्जिनियरहरूको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगनयान पुनः समुन्द्रमा अवतरण गर्ने बताए । उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेसन सुरु गरिसकेको छ। सिंहले…