Naya Update

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

देश ओरालो लाग्नुमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण देश निरन्तर ओरालो लागिरहेको टिप्पणी गरेका छन्  । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा  अध्यक्ष लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको र त्यसको जिम्मेवार ठुला भनिने दल रहेको बताएका हुन् । उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताए । उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसावले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ। यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको…
Read More

एनआरएनए एकताको महाधिवेशन नयाँ विधान अनुमोदन गर्ने समेत अवसर हो: डा. शेष घले संगको अन्तरवार्ता (भिडियो)

डा.शेष घलेले गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित १३ सदस्यीय उच्चस्तरीय समिति समेत बनेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) एकताको महाधिवेशन आयोजना गर्ने मिति तोकेर काम अघि बढाइएको डा.घलेको भनाइ छ । सर्वोेच्चको दुईवटा अलग अलग फैसलाका सवालमा फरक फरक व्याख्या र विश्लेषण भइरहँदा उनले एकताको महाधिवेशन…
Read More
‘पाथीभरा स्थलमा गोलि चल्नु कदापि शुभ संकेत होइन’

‘पाथीभरा स्थलमा गोलि चल्नु कदापि शुभ संकेत होइन’

प्रत्येक विकासको जग त्यसको आन्तरिकतामा जोडीएको हुन्छ। जनसहभागिता बिनाको विकास, जनता त्यस ठाउँका ज्ञाता हुन भन्ने नबुझिएको विकास र सामाजिक सहमति बिनाको विकास कुनै पनि हालतमा दिगो हुँदैन। परिवर्तनलाई मात्रै विकास मान्न सकिदैन। सकारात्मक परिवर्तन जसको त्यहाँका स्थानीयले उपभोग गर्न पाउन र त्यसको प्रभाव उनिहरुको आस्थामा नपरोस् भन्ने बुझ्नुपर्छ। जनसहभागिताले विकासको चरणमा सहमति जनाएको हुन्छ। तर जनसहभागिता विनाको विकास न त मानव केन्द्रित हुन्छ न त समतामूलक र समाजलाई आत्मनिर्भर अभिवृद्धि गर्ने खालको नै हुन्छ। आवश्यकता पहिचान गरि घनिभूतरुपमा छलफल गरि स्थानीय सरोकारवालाहरुलाई विश्वासमा नलिई गरिएको विकासको कुनै अर्थ र दिगो हुँदैन।   विकास प्रक्रियामा सामाजिक, सांस्कृतिक विश्लेषण र परम्परागत…
Read More
देउवाको भारत भ्रमण कार्यक्रम स्थगित

देउवाको भारत भ्रमण कार्यक्रम स्थगित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भारतीय स्रोतका अनुसार भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन्। इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए। कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ।
Read More
‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’

‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’

कर्णालीका पूर्वमुख्यमन्त्रीद्धय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन्। वीरेन्द्रनगरमा बुधबार कर्णाली उत्सव : कुडा कर्णालीका छैटौं संस्करणमा 'खलंगा : शक्तिको सदरमुकाम' सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्धयले यही तरिकाले संघीयताको अभ्यास गरिए प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा रहेका बताएका  हुन्। संघले अधिकार नदिएकै कारण प्रदेशले काम गर्न नसेकेको उनीहरुको भनाई थियो। ‘संघीयता बाध्यताले स्वीकारेजस्तो देखिन्छ, प्रदेशका कार्यकारी प्रमुखले संघको आदेश मानेर बस्नुपर्ने भयो, शाहीले भने, मुख्यमन्त्रीको भ्यालु छैन, केन्द्रबाट हलियाजस्तो व्यवहार केन्द्रबाट भएको छ, मुख्यमन्त्री भन्दा वडाध्यक्ष बलियो छ।’ यही तरिकाले संघीयताको अभ्यास गर्ने हो भने प्रदेश संरचनालाई खारेज गर्न नेताहरुसमक्ष…
Read More
डोटीका मगर समुदायकाे ‘बिसौँना’ र वैदिक संस्कृति

डोटीका मगर समुदायकाे ‘बिसौँना’ र वैदिक संस्कृति

विष्णुराज भट्ट/डोटी बिसौंना एक नेपाली शब्द हो जसको अर्थ सामान्यत: लामो समयको यात्रापछि वा थकानपछि केही समयको लागि विश्राम गर्नुलाई जनाउँछ। यो शब्दले विश्राम लिनु, केही समयको लागि शरीर र मनलाई आराम दिनु भन्ने भाव व्यक्त गर्छ।(यो परिभाषा च्याट जिपिटिमा उपलब्ध छ)। व्यक्तिको निधन भए पश्चात वर्ष दिनको निधन तिथि मितिमा मगर समुदायमा गरिने वार्षिकी श्राद्ध(बिसौँना)को अर्थ भने यसरी लगाउन सकिन्छ: सदाका लागि भौतिक शरीर छोडेपछि घर परिवारले व्यवस्थित रूपमा सम्मान, श्रद्धा पूर्वक, कूल परम्परा, विधिविधान अनुसार प्रतीकात्मक रूपमा गाउँ घर नजिकै जंगलमा राखिएको  नाम सहित ढुंगाको बनाएको  सानो पवित्र संरचना हो। यसरी "बिसौंना" गर्न राखिएको ठाउँ वार्षिक रूपमा गरिने…
Read More
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन्। नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्। गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ। यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो।
Read More
भरुवा बन्दुकसहित दुईजना घरबाटै प्रहरीको फन्दामा

भरुवा बन्दुकसहित दुईजना घरबाटै प्रहरीको फन्दामा

अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो। तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका-२ बगनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Read More
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search