२७ फाल्गुन २०८० १६:१३
२७ फाल्गुन २०८० १६:१३
नेपाल-दक्षिण कोरिया उडानमा कोरियन एयरको एकाधिकार समाप्तिको माग गर्दै कोरियामा रहेका विभिन्न १४ वटा सामाजिक संघसस्था तथा राजनीतिक दलका प्रवास संगठनहरूले संयुक्त ज्ञापन पत्र जारी गरेका छन्। आइतबार ती संघसंस्था तथा राजनीतिक संगठनहरुले कोरियन एयरलाइन्सले असुल्दै गरेको चर्को भाडादर नियन्त्रण गर्न माग गर्दै राजधानी "सौल" स्थित नेपाली राजदूतावासमा राजदूत डा. ज्योति प्याकुरेल भण्डारी समक्ष जारी ज्ञापन पत्र पेश गरेका हुन् । कोरिएन एयरलाइन्सले सन् २००६ को नोभेम्बर ११ देखि इन्छन-काठमाडौ-इन्छन सिधा उडान गर्दै आइरहेको थियो। कोभिड-१९ का कारण २०२० को मार्च देखि उडान अवरुद्ध भएको थियो। केही समयका लागि महँगो भाडादरमा चार्टर उडान मार्फत आवतजावत सुरु गरिएतापनी हालसम्म भाडादर उहीँ…